Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुस र पश्चिमा देशबीच कैदी आदानप्रदान

रुस र पश्चिमा देशबीच कैदी आदानप्रदान


मस्को । अमेरिका–रुस र पश्चिमी मुलुकहरुबीच बिहीबार कैदी आदानप्रदान भएको छ । बन्दी आदानप्रदानको सम्झौता टर्कीको राजधानी अंकारामा भएको हो । सम्झौताअनुसार अमेरिका, रुस, जर्मनीलगायत सात देशका जेलमा थुनिएका २६ कैदीलाई रिहा गरिएको बताइएकोे छ । जसमध्ये दुई नाबालिगसहित १० कैदीलाई रुस पठाइएको छ ।

१३ कैदीलाई जर्मनी र तीन कैदीलाई अमेरिका पठाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस समझौतालाई पहिले नै अनुमोदन गरिसकेका छन् । पछिल्लो तीन वर्षमा अमेरिका र रुसबीच कैदी आदानप्रदानसँग सम्बन्धित यो तेस्रो सम्झौता हो ।

यसअघि सन् २०२२को अप्रिल र डिसेम्बर २०२२मा दुई देशबीच कैदी आदानप्रदान भएको थियो । यो शीतयुद्ध पछिको सबैभन्दा ठूलो विनिमय मानिन्छ ।

रसियाले अमेरिकी मिडिया हाउस वाल स्ट्रीट जर्नल (डब्ल्यूएसले)का पत्रकार इभान गेर्शकोविचलाई रिहा गरेको छ । अमेरिकी गुप्तचर एजेन्सी सीआईएका लागि जासुसी गरेको आरोपमा रुसले गत मार्चमा इभानलाई पक्राउ गरेको थियो । इभानबाहेक रुसबाट थप दुई अमेरिकी नागरिक रिहा भएका छन् । अमेरिकी नौसेनामा सेवा गरेका पल व्हेलन र रेडियो पत्रकार आल्सु कुर्मशेवा छन् । अमेरिकाले तीन रुसी कैदीलाई रिहा गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x