Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाइबर हमला भएपछि बिहीबार भारतका तीन सय बैंकको सेवा प्रभावित

साइबर हमला भएपछि बिहीबार भारतका तीन सय बैंकको सेवा प्रभावित


नयाँदिल्ली । साइबर आक्रमणका कारण बिहीबार भारतका तीन सयभन्दा बढी साना बैंक तथा वित्तीय संस्थाको बैंकिङ सेवा ठप्प भयो । टेक्नोलोजी सेवा प्रदायक सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको हो ।

सी–एज टेक्नोलोजी भारतका साना बैंक तथा वित्तीय संस्थालाई बैंकिङ प्रणाली उपलब्ध गराउने कम्पनी हो । जसमा एसबीआई र टीसीएसको संयुक्त लगानी छ । सी–एज टेक्नोलोजीमा निर्भर सहकारी बैंक र ग्रामीण क्षेत्रीय बैंकका ग्राहकले बिहीबार अनलाइन भुक्तानी सेवा र एटीएमबाट पैसा निकाल्न सकेनन् ।

भारतीय रिजर्भ बैंक (आरबीआई) र सफ्टवेयर कम्पनीबाट अपराह्नसम्म पनि कुनै वक्तव्य नआएपछि सेवाग्राही झनै अन्योलमा परेका थिए । भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)ले भने सामाजिक सञ्जाल प्लेटफर्ममा एक सूचना जारी गर्दै प्रणाली प्रभावित भएको जानकारी गराएको थियो । उसले साइबर आक्रमणका कारण एनपीसीआईको खुद्रा भुक्तानी प्रणालीबाट सी–एजलाई अस्थायी रुपमा क्वारेन्टाइन गरिएको उल्लेख गरेको थियो ।

भारतीय राष्ट्रिय सहकारी संघले गुजरातका १७ जिल्लाका सहकारी बैंकसहित देशभरका तीन सय बैंक तथा वित्तीय संस्था दुई–तीन दिनदेखि भुक्तानीसम्बन्धी समस्यामा परेको जानकारी दिएका छन् । उनले बैंकहरु जुलाई २९ गतेदेखि समस्यामा रहेको र सफ्टवेयर कम्पनीका अधिकारीहरुले यसलाई प्राविधिक गडबडी भन्दै आएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x