मन्दीको डरले विश्वभरको सेयरबजार प्रभावित
नयाँदिल्ली । अमेरिकी अर्थतन्त्रमा मन्दी आउने डरले विश्वबजारमा निराशा छाएको छ । एसियाली मुलुकका अधिकांश बजारमा गिरावट आएको छ । एसियाली बजारमा हङकङको ‘ह्याङसेङ’, जापानको ‘निक्केई’, दक्षिण कोरियाको ‘कास्पी’ र चीनको ‘सांघाइ कम्पोजिट’मा पनि भारी गिरावट आएको छ ।
जापानको सेयर परिसूचक ‘निक्केई–२२५’ अत्यधिक बिक्रीका कारण सोमबार १२ प्रतिशतभन्दा बढीले घटेको छ । यो गिरावट अमेरिकी अर्थतन्त्रमा आएको मन्दीको बीचमा आएको हो । निक्केई परिसूचक चार हजार चार सय ५१ अङ्कले घटेर ३१ हजार चार सय ५८ विन्दुमा झरेको छ ।
भारतको सेयरबजारमा पनि गिरावट
सोमबार भारतीय सेयरबजारमा पनि अमेरिकी बजारमा मन्दी आउने डरको असर देखापरेको छ । बम्बइ स्टक एक्सचेन्ज (बीएसई) ‘सेन्सेक्स’ दुई हजार दुई सय २२ अंक (दुई दशमलव ७४ प्रतिशत) घटेर ७८ हजार सात सय ५९ को स्तरमा बन्द भएको छ । उही समयमा, नेसनल स्टक एक्सचेन्ज (एनएसई) ‘निफ्टी’ छ सय ६२ अङ्कले घटेर २४ हजार ५५ विन्दुमा झरेको छ ।
अमेरिकी बजारमा गिरावट
अमेरिकी बजारमा पनि सोमबार गिरावट देखिएको छ । पुँजीबजारमा विदेशी संस्थागत लगानीकर्ताको सेयर बिक्री भइरहेको धितोपत्र बजारको तथ्याङ्कमा देखिएको छ । अमेरिकी बजारमा ‘डाओ जोन्स’, ‘नेस्डाक’ र ‘एसएन्डपी ५००’ सोमबार साँझसम्म दुई प्रतिशतभन्दा धेरैले घटेको थियो ।
युरोपेली बजारमा पनि गिरावट
युरोपेली धितोपत्र बजारका प्रमुख सूचकहरु पनि घटेका छन् । यूकेको एफटीएसई दुई प्रतिशतभन्दा धेरै, जर्मनीको ‘डाक्स’ एक दशमलव ८२ प्रतिशत, फ्रान्सको ‘क्याक ४०’ एक दशमलव ४२ प्रतिशत र स्वीट्जरल्याण्डको ‘एसएमआई’ दुई दशमलव आठ प्रतिशत घटेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया