बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार
ढाका । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले बुधबार युनिसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न जिम्मेवारी तोकेका हुन् ।
बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले आह्वान गरेका थिए । राष्ट्रपतिले सेना, नौसेना र वायुसेनाका प्रमुख र विद्यार्थी नेताहरुसँग बैठक गरेपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले जनतालाई राजनीतिक सङ्कटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो सङ्कटलाई पार गर्न अन्तरिम सरकारको द्रुत गठन आवश्यक छ ।’
बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनेछन् ।
इस्लामले पत्रकारलाई बताएअनुसार शाहाबुद्दिनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाएका छन् । इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक ‘फलदायी’ भएको बताए । युनुसले बिहीबार साँझ शपथ लिने
बंगलादेशमा राजनीतिक उथलपुथलबीच नयाँ सकारको सपथ ग्रहण बिहीबार साँझ साढे आठ बजे हुने भएको छ । सेना प्रमुख वकार–उज–जमानले यस्तो जानकारी दिएका छन् । उनले नयाँ सरकारमा १५ जना सदस्य रहने जानकारी समेत दिए ।अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि पेरिसबाट बिहीबार दिउँसो बंगलादेश फर्किँदैछन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया