Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्दै मुहम्मद युनुस

बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्दै मुहम्मद युनुस


ढाका । बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार सपथ लिएका छन् । बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु उनका लागि अब प्रमुख कार्य रहेको छ ।

विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए । विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारेका थिए ।

हप्तौँको हिंसामा पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्यार्थी कार्यकर्ताहरूले विद्रोहको नेतृत्व गरेका थिए । विद्यार्थीहरुले सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् ।

नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा सहभागी गराइएको छ । विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x