हमास नेताको हत्या इजरायलको महँगो ‘रणनीतिक गल्ती’– इरान
साउदी अरेबिया । इरानले गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेर इजरायलले महँगो ‘रणनीतिक गल्ती’ गरेको बताएको छ । साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग संगठन (ओआईसी)को असाधारण सत्रमा भाग लिएको एक दिनपछि इरानका कार्यवाहक विदेशमन्त्री अली बघेरीले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘तेहरानमा यहुदीहरूले जुन कृत्य गरेका छन् त्यो रणनीतिक गल्ती थियो किनभने उनीहरूले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ ।’
इजरायलले हानियाको मृत्युप्रति कुनै टिप्पणी नगरेको भए पनि इरानले जवाफी कारबाही गर्ने बाचा गरेपछि यस क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
इजरायलले ‘तनाव, युद्ध र द्वन्द्वलाई अन्य मुलुकमा फैलाउन चाहेको’ आरोप लगाउँदै बघेरीले इजरायल इरानसँग लड्ने अवस्थामा नरहेको दाबी गरे । ‘इजरायल इरानविरुद्ध युद्ध सुरु गर्ने स्थितिमा छैन’, उनले भने, ‘ऊसँग न क्षमता छ, न त ताकत नै ।’
सन्ताउन्न सदस्यी ओआईसीका विदेशमन्त्रीहरूको बुधबार भएको बैठकले हानियाको ‘जघन्य’ हत्याका लागि इजरायललाई ‘पूर्ण जिम्मेबार’ ठहर गर्दै घोषणापत्र जारी गरेको छ । कतारमा बसोबास गर्दै आएका हानिया गाजा पट्टीमा युद्ध अन्त्य गर्ने वार्तामा प्रमुख खेलाडी थिए ।
हमासको लेबनानी सहयोगी हिजबुल्लाहले पनि केही घन्टाअघि इजरायली आक्रमणमा हानिया र उसको सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिने बाचा गरेको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया