भारतमा केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्यो
नयाँदिल्ली । भारतीय केन्द्रीय बैैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले यस पटक पनि ब्याजदर छ दशमलव पाँच प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । आरबीआईले लगातार ९औँ पटक ब्याजदर स्थिर राखेको हो । आरबीआईले सन् २०२३ फेब्रुअरीयता ब्याजदर बढाएको छैन । त्यसबेला ब्याजदर शून्य दशमलव २५ प्रतिशत बढाएर साढे छ प्रतिशत पुर्याएको थियो ।
त्यसयता मौद्रिक नीति समितिले नौ पटकसम्म ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । मुद्रास्फीति नियन्त्रणमा आईनसकेकोले ब्याजदर स्थिर राख्ने निर्णय गरेको बताइएको छ । ब्याजदर स्थिर राख्दा ऋण महँगो हुने छैन र ईएमआई पनि बढ्ने छैन ।
अगस्ट ६ देखि चलेको मौद्रिक नीति समितिको बैठकमा भएका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले ब्याजदर स्थिर राखिएको जानकारी दिएका हुन् । यो बैठक प्रत्येक दुई महिनामा बस्ने गर्छ । गभर्नर दासले मुद्रास्फीति घट्दै गएको तर सुस्त र असमान रहेको बताएका छन् । मुद्रास्फीति लक्ष्यमा रहिरहने सुनिश्चित नहुँदासम्म सतर्क रहनुपर्ने उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया