Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा प्रत्येक वर्ष भवनमा ठोक्किएर एक अर्बभन्दा बढी चराको मृत्यु

अमेरिकामा प्रत्येक वर्ष भवनमा ठोक्किएर एक अर्बभन्दा बढी चराको मृत्यु


न्यूयोर्क । अमेरिकामा भवनमा ठोक्किएर घाइते वा बेहोस भएका अधिकांश चराहरू निको नहुने गरेको नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनहरूमा ठोक्किएर मारिएका चराहरूको संख्या एक अर्बभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।

अमेरिकामा जंगली चराहरूको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु पनि एक चिन्ताजनक विषय हो । अध्ययन भवनमा ठोक्किएर भएका दुर्घटनाबाट हुने चराको मृत्युदरको र घाइते भएका चराहरूको संख्यामा मात्र आधारित रहेको वासिङ्टन पोस्टले अध्ययन प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

यो हप्ता ‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा अन्वेषकहरूले चराहरूलाई उनीहरूको दीर्घकालीन बाँच्ने दर मूल्यांकन गर्न वन्यजन्तु पुनर्वास केन्द्रहरूमा लगिएको थियो ।

यसले सन् २०१६ र सन् २०२१ को बीचमा उत्तरपूर्वी संयुक्त राज्य अमेरिकाका घटनाहरू अध्ययन गर्ने अन्वेषकहरूले एक सय ५२ प्रजातिका चरासहित तीन हजार एक सयभन्दा बढी भवनमा ठोक्किएर भएका दुर्घटनाहरूको रेकर्ड जाँच गरेकोे गरेका र दुर्घटनापछि पुनर्वास केन्द्रहरूमा लगिएका लगभग ६० प्रतिशत चरा मरेका थिए ।

उक्त अध्ययनमा सबैभन्दा सामान्यरूपमा पाइने प्रजातिहरू जस्तैः ढुकुर, अमेरिकी धोबी चरा, उत्तरी कार्डिनल, कूपर्स हक्स र ग्रे क्याटबर्डहरू थिए ।

कीराहरूको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि लिएर बीउहरू फैलाउन मद्दत गर्ने इकोसिस्टमको महत्वपूर्ण संवाहक चरा हो भन्ने बढ्दो मान्यताको बीचमा, धेरै अमेरिकी सहर र राज्यहरूले नयाँ भवनहरूलाई थप पन्छीमैत्री हुन आवश्यक पर्ने नियमहरू पारित गरेका छन् । रासस÷सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x