चीनले विकास गर्यो सुरुङमा आपत्कालीन उद्धारका लागि मानवरहित प्रणाली
बेइजिङ । स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङहरूका लागि मानवरहित आपत्कालीन उद्धार प्रणाली विकास गरेको चीनको एरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कर्पोरेसन (सीएएसआईसी)ले जनाएको छ ।
आपत्कालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाइहरूको सामना गर्छ । यसमा खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ ।
शोधकर्ताहरूले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौतीहरू पार गरेको बताएका छन् । यसअन्तर्गत सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराइ वा उचाइमा अग्नि नियन्त्रण सुविधा रहेका छन् । यस प्रणालीले सुरुङमा स्वतन्त्ररूपमा आवागमन गर्ने, अवरोध जोगाउने र आगो निभाउने ग्रेनेडहरू प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गहरूमा आगलागी नियन्त्रणसहित आपत्कालीन उद्धार कार्यका लागि उपयोगी रहेको दाबी गरिएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया