Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन–अमेरिका ‘फेज वान’ व्यापार सम्झौता :

चीन–अमेरिका ‘फेज वान’ व्यापार सम्झौता :


वासिड.टन/बेइजिड., मंसिर २९
अमेरिका र चीनले पहिलो चरणको व्यापार सम्झौतालाई अन्तिम रुप दिएका छन् । सम्झौतासँगै एक वर्षयता चलिरहेको विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध थप नचर्किने निश्चित भएको छ । दुई देशबीच शुक्रबार ‘फेज वान’ सम्झौता भएको हो । योसँगै अमेरिकाले चिनियाँ वस्तुमा यही डिसेम्बर १५ देखि बढाउने भनिएको १५ प्रतिशत कर पनि नबढ्ने भएको छ । त्यस्तै सम्झौताअनुसार चीनले अमेरिकी कृषि वस्तुको आयात पनि बढाउनेछ । बेइजिङले कम्तीमा २ खर्ब अमेरिकी डलर वस्तुका अमेरिकी कृषि वस्तु तथा सेवा आयात गर्न सहमति जनाएको रोयटर्सले उल्लेख गरेको छ । दुई वर्षभित्र उक्त मूल्यका सामग्री आयात हुने बताइएको छ ।

अमेरिकी अधिकारीहरुले सम्झौताअनुसार चीनले उक्त वस्तु आयात गरे चीनमा अमेरिकी निर्यात ठूलो परिमाणमा बढ्नेछ । सन् २०१७ मा चीनले १ खर्ब ३० अर्ब डलरका अमेरिकी वस्तु आयात गरेको थियो । तर उक्त समयमा दुई देशबीच व्यापारयुद्ध चर्किएको भने थिएन । त्यस्तै ५६ अर्ब डलरको सेवा आयात चीनले गरेको थियो । चीनले बढी वस्तु आयात गर्ने भएपछि अमेरिकाले आइतबारदेखि लागू हुने थप कर रद्द गरेको छ भने यसअघिको कर पनि घटाएको छ । दुई देशबीच ८६ पृष्ठ लामो सहमति भएको बताइएको छ । तर यसमा जनवरीको पहिलो हप्ता दुवै देशका प्रमुख व्यापार प्रतिनिधिले हस्ताक्षर गर्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा चीनसँग पहिलो चरणको व्यापार सम्झौता भएको बताएका छन् । शुक्रबार ट्विट गर्दै उनले उक्त जानकारी दिएका थिए । त्यस्तै चिनियाँ अधिकारीहरुले पनि धेरै संरचनात्मक परिवर्तनका साथै कृषि, ऊर्जा र उत्पादन क्षेत्रका वस्तुहरु ठूलो परिमाणमा आयात गर्ने सम्झौता भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले ५० अर्ब डलरका कृषि सामग्री किन्ने आशा गरेका छन् ।

बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ अधिकारीहरुले दुई पक्षबीच सम्झौता पत्रमा सहमति भएको बताएका छन् । यद्यपि यसको विस्तृत विवरण भने उनीहरुले उल्लेख गरेका छैनन् । चीनले आगामी दुई वर्षमा ३२ अर्ब अमेरिकी डलरका थप फार्म उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले सन् २०१७ मा चीनले खरिद गरेभन्दा धेरै अमेरिकी वस्तु खरिद चीनले गर्ने बताए । सम्झौतासँगै चीनले अमेरिकाबाट गहुँ, मकै, चामल, भटमासलगायतका खाद्य सामग्री आयात गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x