Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडब्लूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्कालको घोषणा

डब्लूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्कालको घोषणा


स्वीटजरल्याण्ड । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लूएचओले यो रोगलाई लिएर दुई वर्षमा दोस्रो पटक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अहिले कंगोमा यो रोगको प्रक्रोप व्याप्त छ । बाँदर बिफिरजस्तै भाइरल रोग हो यो । यो भाइरसको संक्रमणले सामान्यतया भेरै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्छ । जसका कारण फ्लुजस्ता लक्षण देखिने र शरीरमा पिपले भरिएका घाउहरु देखिन्छन् । यो भाइरस अर्थोपक्स भाइरस जीनस परिवारको सदस्य हो, जुन बिफरको लागि जिम्मेवार छ ।

अफ्रिकामा अहिलेसम्म मन्कीपक्सबाट संक्रमित बिरामीको संख्या १७ हजारभन्दा बढी पुगेको छ । पाँच सय १७ जनाको मृत्यु भइसकेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षमा संक्रमितको संख्या एक सय ६० प्रतिशतले बढेको छ । अहिलेसम्म १३ देशहरुमा मन्कीपक्स फैलिएको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यो रोगको फैलावट रोक्न र जीवन बचाउन विश्वले मिलेर काम गर्नुपर्ने कुरा स्पष्ट भएको बताएका छन् । यस हप्ताको सुरुमा, अफ्रिकाको शीर्ष सार्वजनिक स्वास्थ्य निकायले अफ्रिकामा मन्कीपक्स आपत्काल घोषणा ग¥यो । यो भाइरल संक्रमण डरलाग्दो दरमा फैलिरहेको चेतावनी पनि दिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x