अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यान्मारलाई ३५ करोड डलरको आपत्कालीन कोष उपलब्ध गराउने
अमेरिका, असार १४
अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यान्मारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक संकटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ । दक्षिणपूर्वी एसियाली मुलुक म्यान्मारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतनत्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ ।
‘म्यान्मारमा कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक गिरावट भएको जसका कारण आपूर्तिको शृंखला नै अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै ऋण सहयोगको व्यवस्था गरिएका हो’, अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।कोषले महामारीबाट प्रभावित बनेको म्यान्मारको अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया