दक्षिण अफ्रिकामा कम्तीमा एक लाख व्यवसाय बन्द हुने अवस्थामा
केपटाउन, असार १४
कोरोनाभाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको अर्थशास्त्रीहरूले बताएका छन् । दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण खासगरी दक्षिण अफ्रिकाका करिब एक लाख साना, मझौला तथा सुक्ष्म खालका व्यवसायहरू धराशायी भएका बताएका छन् ।
हामी कोभिड–१९ का कारण बन्द हुने अवस्थामा पुगेका उल्लेख्य व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए । यसका कारण अफ्रिकी यस मुलुकमा कम्तीमा २० लाख रोजगार गुम्ने खतरा रहेको उनको भनाइ थियो । सरकारद्वारा उपलब्ध गराइएको कर छुट तथा राहत रकमले हजारौँ व्यवसायलाई बचाउँन सम्भव नभएको उनले बताए ।
‘अर्थतन्त्र महामारीभन्दा पहिल्यै संकटमा रहेको थियो र महामारीका कारण यसलाई थप संकटमा पु-याएको छ’, उनले् थपे, ‘सरकारको कर छुट तथा राहतको योजनाले केही कम्पनीहरूलाई राहत दिने देखिएपनि अधिकांश स्थायीरूपमा बन्द हुने जोखिममा रहेका छन् ।’
दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । महामारीको प्रभावका कारण साना तथा मझौला व्यवसायलाई बचाउनलाई निकै कठिन भएको कुरामा कुनै शङ्का छैन । व्यवसाय क्षेत्रमा यति गम्भीर नकारात्मक प्रभाव देखिएको छ कि करिब ९२ प्रतिशत कम्पनी तथा फर्महरूले यही अवस्थामा अब सुधार गर्न सम्भव हुने छैन । यसका लागि विश्व समुदायको ध्यान जान जरूरी रहेको छ ।
विभागले गरेको एक अध्ययन प्रतिवेदनमा करिब ७१ प्रतिशत व्यवसायीसँग व्यवसायलाई पुनः सञ्चालन गर्ने थोरै पनि नगद नभएको देखिएको छ । त्यसैले व्यवसायलाई दीर्घकालीन हिसावले छाटकाँट गरी अघि बढ्नुको कुनै विकल्प नरहेको अर्थशास्त्रीहरूको धारणा रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया