बेन क्यापिटल भर्जिन अस्ट्रेलिया किन्न सहमत
सिड्नी, असार १४
निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । भर्जिन अस्ट्रेलिया खरिदका लागि यसअघि निवेदन दिएको साइरस क्यापिटल पार्टनर्सले अनिच्छा देखाएपछि दोस्रो प्रतिस्पर्धी बेन क्यापिटललाई बिक्री गर्न लागिएको हो ।
डिलोइटले कम्पनी बिक्रीका लागि आगामी अगस्टमा लगानीकर्ताहरुले मतदान गर्ने जनाएको छ । डिलोइटले बेन क्यापिटलले खरिदका लागि निकै आकर्षक योजना र रकम प्रस्ताव गरेको बताएको छ । अस्ट्रेलियाको यो दोस्रो ठूलो बिमान कम्पनी हो । यस कम्पनीमा हजारौं कामदार र उनीहरुका परिवार आश्रित छन् । कम्पनी बिक्रीका क्रममा अधिकांश कर्मचारी, कामदारको रोजगारी सुनिश्चित गरिएको डिलोइटले जनाएको छ ।
कोरोनाभाइरसका कारण अस्ट्रेलिया सहित विश्वभर हवाई सेवाको अवस्था नाजूक देखिए पनि भर्जिन अस्ट्रेलियाप्रति बेन क्यापिटलले देखाएको उत्सुकताले पर्यटन र हवाई क्षेत्र चाँडै पुनरागमन हुने संकेत गरेको डिलोइटको भनाइ छ । (रासस–सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया