गाजा युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दावी
गाजा । हमासले दोहामा गत हप्ता प्रस्तुत नयाँ गाजा युद्धविराम प्रस्ताव आलोचना गर्दै प्रस्ताव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीकार गरेको भनी आलोचना गरेको छ ।
हमासले युद्धविराम प्रस्ताव नेतान्याहुको मागसँग मेल खाने जिकिर गर्दै स्थायी युद्धविरामबारे अस्वीकारोक्ति प्रकट गरेको छ भने रफाह क्रसिङ्ग र फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम राखी कैदी आदानप्रदान सम्झौतामा बाधा पु¥याएको छ । हमासले नेतान्याहुलाई मध्यस्थकर्ताको पहलमा भइरहेको वार्ताको असफलताप्रति उनलाई नै पूर्ण जिम्मेवार रहेको दाबी गरेको छ भने गाजाविरुद्ध आक्रमण जारी राखेर इजरायली बन्धकहरूलाई खतरामा पारेको आरोप लगाएको छ ।
जुलाई–२ मा भएको सम्झौता प्रतिबद्धता दोहोर्याउँदै हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको आधारमा इजिप्ट र कतारका मध्यस्थकर्तालाई सहमतिका सर्तहरू लागू गर्न आग्रह गरेको छ ।
बिहीबारदेखि शुक्रबारसम्म दोहामा सम्पन्न गाजा युद्धविरामपछि मध्यस्थकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै वार्तामा ‘रचनात्मक’ प्रगति भएको र सम्बन्धित पक्षहरूले आगामी दिनमा सम्झौताको कार्यान्वयनको विवरणका लागि वार्ता प्रयास जारी राख्ने घोषणा गरेका छन् । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया