बंगलादेशमा पूर्वप्रधानमन्त्री जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइयो
ढाका । बंगलादेशमा विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ । राष्ट्रिय राजस्व बोर्ड (एनबीआर)ले सोमबार (अगस्ट १९) जियाको बैंक खाता अनफ्रिज गर्ने निर्णय गरेको हो । उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो । खाता कहिले अनफ्रिज हुन्छ त्यो भने थाहा भइसकेको छैन ।
एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा खालिदा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो । त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ । जियाको पार्टीले पटक–पटक खाता खोल्न माग गर्दै आएको थियो । शेख हसिना सत्ताबाट बाहिरिएपछि भने जियाको खाता प्रतिबन्ध हटाउने निर्णय गरिएको हो ।
बंगाली अखबार डेली स्टारका अनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ । यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि खालिदा जेलबाट रिहा भएकी थिइन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।
हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा मुद्दा दर्ता
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)मा पूर्वप्रधानमन्त्री शेख हसिना र उनका २६ मन्त्रीहरूविरुद्ध नरसंहार र मानवताविरुद्धको अपराधको उजुरी सोमबार दायर भएको छ ।
उजुरीकर्ताको नाम मोहम्मद अबुल हसन हो । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । बंगलादेशको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका क्रममा भएको हत्याका लागि हसिनाको सरकारविरुद्ध मुद्दा चलाउने बताएको छ ।
दुई दिनमा शेख हसिनाविरुद्ध हत्या र अपहरणका तीनवटा मुद्दा दर्ता भएका छन् । यसअघि १२ अगष्टमा हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया