ट्रम्पले एलोन मस्कलाई सल्लाहकार बनाउने
वासिङटन डिसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला प्रमुख एलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् । यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् ।
समाचार एजेन्सी रोयटर्सलाई अन्तरवार्ता दिँदै आफूले राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरे मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्मा ल्याउन सक्ने बताएका छन् । अन्तरवार्तामा ट्रम्पले मस्क धेरै स्मार्ट भएकोले उनले मानेमा जिम्मेवारी दिनसक्ने बताएका छन् ।
मस्कले पनि आफ्नो सामाजिक सञ्जालमा आफू सेवा गर्न तयार रहेको उल्लेख गरेका छन् । उनले पोस्टमा सरकारी दक्षता विभाग डीओजीई लेखिएको मञ्चको अगाडि एउटा तस्बिर समेत सार्वजनिक गरेका छन् ।
तीन महिनाअघि अमेरिकी वाल स्ट्रिट जर्नलले ट्रम्पले राष्ट्रपति चुनाव जिते सरकारको महत्वपूर्ण जिम्मेवारी मस्कलाई सुम्पन सक्ने दाबी गरेको थियो । रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति बनेपछि ट्रम्पले मस्कलाई आफ्नो नीति सल्लाहकार बनाउन सक्ने बताइएकोे छ ।
मस्कले अगस्ट १२ मा एक्स स्पेसमा ट्रम्पसँग अन्तर्वार्ता गरेका थिए । जहाँ ट्रम्पले मस्कको धेरै प्रशंसा गरेका थिए । अन्तरवार्तामा मस्कले सन् २०२०मा जो बाइडेनलाई समर्थन गरेको तर यस पटक ट्रम्पलाई समर्थन गरेको बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया