भारतमा ट्याक्सी चालकहरूको हडताल
नयाँदिल्ली । दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन् । बिहीबारदेखि सुरु भएको हडतालबाट यात्रीहरूलाई असुविधा भएको छ भने धेरै चालकले सवारी लिन अस्वीकार गरेका छन् ।
एपमा आधारित क्याब सेवाहरू अवैधरूपमा सञ्चालन भइरहेको र स्थानीय चालकहरूको शोषण गरिरहेको दिल्ली अटो ट्याक्सी ट्रान्सपोर्ट कांग्रेस युनियनका उपाध्यक्ष आरएस राठौडले बताए ।
‘ओला र उबरजस्ता कम्पनीहरूले हाम्रो पैसा खाइरहेका छन्, हामीले ओला र उबरजस्ता एपमा आधारित क्याब सेवाविरुद्ध हडताल गरेका छौँ, यी कम्पनीहरू अवैध रूपमा चलिरहेका छन् र स्थानीय चालकहरूले आफूले पाउनुपर्ने पारिश्रमिक पाइरहेका छैनन्’, उनले भने, ‘यी एपले अटो र बाइकजस्ता सबै सवारीसाधनलाई लिएका छन्, यसबाट स्थानीय चालकहरूलाई अहिले कुनै व्यवसाय छैन ।’
उनले सरकारले ध्यान नदिए भविष्यमा विध्वंश हुने सम्भावना रहेको बताए । ‘हाम्रो अत्यन्त सरल मागहरू छन्, हामी ओला र उबरलाई बन्द गर्न माग गर्दछौँ’, उनले भने ।
एपमा आधारित सेवाहरूले सवारी खोसेर आफ्नो आम्दानी घटाएको चालकहरूले गुनासो गरेका छन् । केही चालकले दैनिक खर्च पनि पूरा गर्न नपाइरहेको दाबी गरेका छन् । हडतालका कारण यात्रीहरूले कठिनाइको सामना गर्नुपरेको छ र धेरैले क्याब बुक गर्न समस्या भएको गुनासो गरेका छन् । हडतालले दिल्लीमा परम्परागत ट्याक्सी चालकहरू र एपमा आधारित सेवाहरूबीच चलिरहेको तनावलाई प्रकाश पारेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया