Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय उद्योगपति अम्बानीलाई सेयरबजारमा प्रतिबन्ध

भारतीय उद्योगपति अम्बानीलाई सेयरबजारमा प्रतिबन्ध


नयाँदिल्ली । भारतीय उद्योगपति अनिल अम्बानीलाई सेयरबजारमा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । धितोपत्र बजार नियामक निकाय सेबीले उद्योगपति अम्बानीलाई रकम दुरुपयोग गरेको आरोपमा पाँच वर्षको लागि सेयरबजारमा प्रतिबन्ध लगाएको हो । सेबीले अम्बानीलाई २५ करोड रुपैयाँ जरिबाना पनि तिराएको छ ।

सेबीले अम्बानीलाई सूचीकृत कम्पनीमा सञ्चालक हुन पनि प्रतिबन्ध लगाएको छ । यसबाहेक रिलायन्स होम फाइनान्स (आरएचएफएल) का पूर्वप्रमुख अधिकारीहरूसहित २४ वटा संस्थाहरूलाई पनि स्टक बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ । उनीहरु सबैलाई फरकफरक जरिबाना तिराएको छ । रिलायन्स होम फाइनान्स कम्पनीलाई छ महिनाको लागि प्रतिबन्ध लगाएको छ भने छ लाख जरिबाना तिर्न
भनेको छ ।

सेबीले अमित बापनालाई २७ करोड, रविन्द्र सुधाल्करलाई २६ करोड र पिंकेश आर शाहलाई २१ करोड रुपैयाँ जरिबाना लगाइएको छ । यस्तै रिलायन्स युनिकोर्न इन्टरप्राइजेज, रिलायन्स एक्सचेन्ज नेक्स्ट र अन्य कम्पनीहरूलाई रकम दुरुपयोग गरेको आरोपमा प्रत्येकलाई २५ करोड रुपैयाँ जरिबाना तिराएको छ ।

सेबीद्वारा जारी २२२ पृष्ठको अन्तिम आदेशअनुसार, अनिल अम्बानीले आरएचएफएल अधिकारीहरूको सहयोगमा पैसा हिनामिना गरेका थिए । अम्बानीको यो खबर बाहिरिएसँगैे उनको लगानी रहेको रिलायन्स इन्फ्राको सेयर मूल्य शुक्रबार झण्डै १४ प्रतिशतले घटेको थियो । सेबीको प्रतिबन्धपछि अनिल अम्बानीको कम्पनी रिलायन्स इन्फ्रा, रिलायन्स होम फाइनान्स र रिलायन्स पावरमा गिरावट आएको छ । सबैभन्दा बढी रिलायन्स इन्फ्रा १४ प्रतिशत, रिलायन्स होम फाइनान्स पाँच दशमलव १२ प्रतिशत र रिलायन्स पावर ५ दशलमवल शून्य एक प्रतिशतले घटेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x