Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कर्मचारीहरुको लागि एकीकृत पेन्सन योजना अनुमोदन

भारतमा कर्मचारीहरुको लागि एकीकृत पेन्सन योजना अनुमोदन


नयाँदिल्ली । भारतको केन्द्र सरकारले केन्द्रीय कर्मचारीहरूको लागि नयाँ पेन्सन योजनाको सट्टामा एकीकृत पेन्सन योजना ल्याएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले शनिबार (अगस्ट २४)मा यो जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठकले एकीकृत पेन्सन योजना स्वीकृत गरेको उनले बताए । यो योजना सन् २०२५ अप्रिल १ देखि लागू हुनेछ ।

यस व्यवस्थाबाट २३ लाख केन्द्रीय कर्मचारी लाभान्वित हुनेछन् । कर्मचारीहरूसँग एकीकत पेन्सन योजना वा नयाँ पेन्सन योजना पेन्सन योजना छनोट गर्ने विकल्प हुनेछ । एकीकृत पेन्सन योजनामा राज्यका कर्मचारीहरु जोडिएमा करिब ९० लाख कर्मचारी लाभान्वित हुनेछन् ।

नयाँ पेन्सन योजनामा, कर्मचारीले आफ्नो आधारभूत तलबको १० प्रतिशत योगदान गर्नुपर्छ र सरकारले १४ प्रतिशत थपिदिन्छ । तर, एकीकृत पेन्सन योजनामा सरकारले आफ्नोतर्फबाट कर्मचारीको आधारभूत तलबको १८ दशमलव ५० प्रतिशत योगदान दिनेभएको छ । कर्मचारीको १० प्रतिशत सेयरमा कुनै परिवर्तन हुनेछैन ।

नयाँ पेन्सन योजनाअन्तर्गत सन् २००४ देखि सेवानिवृत्त भएका कर्मचारी र अहिलेदेखि २०२५ मार्चसम्म सेवानिवृत्त हुनेहरूले पनि यसको लाभ पाउनेछन् । उनीहरूले पहिले नै कोषबाट प्राप्त गरेको वा निकासी गरेको रकमबाट समायोजन गरेपछि भुक्तानी गरिनेछ ।

सरकारको योगदान १४ प्रतिशतबाट १८ दशमलव ५० प्रतिशत पुर्याएमा पहिलो वर्ष छ हजार दुई सय ५० करोड रुपैयाँ थप खर्च हुनेछ । यो खर्च वर्षैपिच्छे बढ्दै जानेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x