Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले चन्द्रमाबाट हिलियम निकाल्ने

चीनले चन्द्रमाबाट हिलियम निकाल्ने


बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमाबाट पृथ्वीमा हिलियम पठाउन चुम्बकीय अन्तरिक्ष लन्चर निर्माण गर्ने तयारी गरिरहेका छन् । यसलाई चन्द्रमाको सतहमा हिलियम–३ र अन्य बहुमूल्य स्रोतहरू पृथ्वीमा पठाउन सक्ने गरी डिजाइन गरिने बताइएको छ । लन्चरको तौल ८० मेट्रिक टन हुनेछ र यसको लागत लगभग साढे एक लाख करोड रुपैयाँभन्दा बढी छ । यसलाई चन्द्रमाको सतहमा रहेको आइसोटोप हिलियम–३ निकाल्न प्रयोग गरिनेछ ।

लन्चर कहिले तयार हुनेछ भन्ने मिति भने खुलाइएको छैन । चीनले यो चन्द्रमाको सतहमा कम्तीमा २० वर्षसम्म टिक्नेगरी डिजाइन गरिरहेको छ । यो योजना रुस र चीनको संयुक्त अन्तरिक्ष कार्यक्रमसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ । यस कार्यक्रममा दुवै देशले सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान केन्द्र बनाउने प्रस्ताव पनि राखेका थिए ।

लन्चरले काम गर्न बिजुली मात्र प्रयोग गर्ने र यो बिजुली आणविक र सौर्य स्रोतबाट प्राप्त हुने बताइएको छ । लन्चरले चन्द्रमाको उच्च भ्याकुम र कम गुरुत्वाकर्षणलाई पृथ्वीतर्फ अन्तरिक्ष सामग्री हान्न प्रयोग गर्नेछ ।

चुम्बकीय लन्चरले ह्यामर थ्रोजस्तै काम गर्नेछ, जसरी एथलीट हथौडा फ्याँक्नु अघि छिटो घुम्छ, त्यसरी नै चुम्बकीय लन्चरले काम गर्नेछ । लन्चरको परिप्रेक्ष्यमा, चन्द्रमाको गुरुत्वाकर्षणबाट बच्न आवश्यक गतिमा नपुगेसम्म यो उच्च गतिमा घुम्नेछ । यसबाट पृथ्वीमा उत्पन्न हुने ऊर्जा संकट समाधान गर्न मद्दत पुग्ने चीनको विश्वास छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x