लेबनानमा थप आक्रमण गर्ने इजरायलको चेतावनी
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम नभएको’ चेतावनी दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकमा भने, ‘हामी हिजबुल्लाहमाथि अचम्मका साथ प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षितरूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन ।’ उनले इजरायली नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रकेटहरूलाई सेनाले नष्ट गरेको बताएका छन् ।
इरान समर्थक हिजबुल्लाह समूहले आइतबार बिहान इजरायलमाथि आक्रमण गरेको थियो । इजरायली सेनाले मध्य इजरायलमा रणनीतिक लक्ष्यमा हिजबुल्लाहले प्रहार गरेका सबै ड्रोनलाई रोकेको जनाएको छ । यद्यपि इजरायली सञ्चार माध्यमहरूले हिजबुल्लाहले तेल अभिव नजिकै रहेको इजरायली मोसाद जासुसी एजेन्सीको मुख्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया