चीनद्वारा डिजिटल, हरित रूपान्तरणका लागि दिशानिर्देश जारी
बेइजिङ । चीनको केन्द्रीय साइबरस्पेस मामिला आयोगको कार्यालय र नौवटा केन्द्रीय विभागले डिजिटल विकास र हरित विकासतर्फ समन्वयात्मक रूपान्तरणका लागि नयाँ दिशानिर्देश जारी गरेका छन् ।
शनिबार प्रकाशित दिशानिर्देशहरू डिजिटल उद्योगहरूको हरित, कम कार्बन विकासलाई प्रवद्धर्न गर्ने र डिजिटल प्रविधिको माध्यमबाट विभिन्न क्षेत्रको हरित रूपान्तरणलाई गति दिनेसहित दुई मुख्य क्षेत्रमा केन्द्रित छन्
डिजिटल विकास र हरित वृद्धितर्फ समन्वित रूपान्तरणलाई गति दिन, कम कार्बन उद्योगहरूसँग उदीयमान प्रविधिहरूको एकीकरणलाई प्रवर्द्धन गर्न र डिजिटल र हरित प्रविधिहरू प्रयोग गरेर परम्परागत उद्योगहरू बढाउने लक्ष्य राखिएको छ ।
मूलभूत सिद्धान्तलाई रेखाङ्कित गर्दै यो रूपान्तरणलाई सञ्चालन गर्न दिशानिर्देशले अधिकारी, प्राधिकरण, उद्योग संघ, विश्वविद्यालय, अनुसन्धान संस्थान र व्यवसायहरूको भूमिका निर्दिष्ट गर्दछ ।
तिनीहरूले डिजिटल–हरित एकीकरणका लागि आधारभूत क्षमता, प्राविधिक प्रणाली र औद्योगिक प्रणालीहरू समेट्दै तीन–भागको रूपरेखा प्रदान गर्छन् ।
ती क्षेत्रहरूलाई उच्च गुणस्तरको विकासमा ध्यान केन्द्रित गर्न, नयाँ गुणस्तरीय उत्पादक शक्तिहरू विकास गर्न, स्थानीय स्रोतहरूको लाभ उठाउन र समन्वित डिजिटल र हरित विकासलाई गति दिन विशेष उद्योग र कार्यात्मक फाइदाहरू सिर्जना गर्न प्रोत्साहन गरिनेछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया