Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा तीन आतङ्कवादी हमला, ३९ जनाको मृत्यु

पाकिस्तानमा तीन आतङ्कवादी हमला, ३९ जनाको मृत्यु


इस्लामाबाद । पाकिस्तानमा आइतबार राति अज्ञात बन्दुकधारीले ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानी अखबार डनका अनुसार बलुचिस्तानमा आक्रमणकारीहरूले राजमार्ग, प्रहरी चौकी र पाकिस्तान र इरानबीचको रेलमार्गलाई पनि निशाना बनाएका थिए ।

आक्रमणकारीहरूले पहिले बलुचिस्तानको मुसाखेल जिल्लामा राजमार्ग अवरुद्ध गरेका थिए । परिचयपत्र जाँच गर्ने नाममा आक्रमणकारीले एक एक गरी २३ जनाको गोली हानी हत्या गरेका थिए । मृत्यु हुने सबै यात्रु थिए । यसपछि रेलवे लाइनमा विस्फोट हुँदा छ जनाको मृत्यु भएको थियो ।

प्रहरी चौकीमा भएको आक्रमणमा सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको थियो । रिपोर्टका अनुसार आतङ्कवादी संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)ले एक पत्रकारलाई इमेल गरेर हमलाको जिम्मेवारी लिएको छ । रेडियो पाकिस्तानका अनुसार जवाफी कारबाहीमा २१ बीएलए लडाकू मारिएका छन् । जवाफी कारबाहीमा पाकिस्तानी सुरक्षा बलका १४ सैनिक पनि मारिएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x