ओलम्पसको ८४ वर्ष लामो व्यावसायिक यात्रामा पूर्णविराम
लन्डन, असार १५
स्मार्टफोनले बजार खाइदिएपछि कुनै बेला विश्वकै ठूलो क्यामरा ब्रान्ड ओलम्पसले ८४ वर्षदेखि गर्दै आएको क्यामरा व्यवसायमा पूर्णविराम लगाउने भएको छ । कम्पनीले व्यवसाय घाटामा जानथालेको भन्दै व्यवसाय नै बन्द गर्नलागेको हो । कम्पनीले लामा यात्रा टुंग्याउने निर्णयमा पुग्नुको कारण पछिल्लो समय विश्वव्यापी फस्टाएको स्मार्टफोन बजारलाई मानेको छ । स्मार्टफोनको आगमनले क्यामरालाई विस्थापन गर्ने अवस्था आएको कम्पनीको भनाइ छ । विगत ३ वर्षयता कम्पनीले नाफा देख्न पाएको छैन ।
ओलम्पस जापानी क्यामरा निर्माता कम्पनी हो । वर्षौँसम्म माइक्रोस्कोप उत्पादन गरेको उसले सन् १९३६ मा पहिलो क्यामरा बनाएको थियो । ‘द सेमि–ओलम्पस १’ मा एउटा बाजाजस्तै तलपट्टि क्यामरा थियो भने जापानमा एक महिनाको तलबभन्दा धेरै मूल्य तिर्नुपथ्र्यो । कम्पनीले निरन्तर रुपमा दशकौँसम्म क्यामराको व्यवसाय ग¥यो । बजार हिस्साको दृष्टिले कम्पनी त्यतिबेलाको ठूलामध्ये एक थियो ।
‘ओलम्पसलाई विगत फर्केर हेर्ने हो भने धेरै माया पाएको छ’, अमेट्युर फोटोग्राफर म्यागजिनक सम्पादक नाइजेल अथर्टन भन्छन् । सन् १९७० मा कम्पनीको चर्चा शिखरमा पुगेको थियो । सेलिब्रिटी फोटोग्राफरहरु डेभिड बेली, लोर्ड लिचफिल्ड पनि टेलिभिजनमा ओलम्पसको क्यामरा लिएर विज्ञापन गर्थे । ‘ती क्यामरा साँच्चै क्रान्तिकारी थिए, साना थिए, हलुका थिए तर डिजाइन सुन्दर थियो, लेन्स क्वालिटी पनि उच्च थियो’, अथर्टन सम्झिन्छन् ।
अटोफोकसजस्ता नयाँ प्रविधि नहुनुका बाबजुद कम्पनीले पनि राम्रो सम्मान पाएको थियो । कम्पनीले पछि डिजिटल क्यामरा पनि ल्याएको थियो । यी क्यामरा सौखीन फोटोग्राफरका लागि भन्दा पनि सामान्य फोटो खिच्नेभन्दा पनि केही राम्रो चाहनेका लागि लक्षित थिए । यो बजारले डीएसएलआर क्यामरा भने चाहँदैनथ्यो । तर दुःखको कुरा यो बजार स्मार्टफोनको आगमनले निलिदियो। विशुद्ध क्यामराको बजार सन् २०१० देखि २०१८ सम्मा ८४ प्रतिशतले घटेको छ ।
‘ओलम्पस मलाई लाग्छ चिन्ताग्रस्त कम्पनी बनेको छ’, अथर्टन भन्छन्, ‘केही वर्षयता गलत बाटोमा छ, धेरै गलत निर्णय लिँदा अप्ठ्यारो अवस्थामा पुगेको छ ।’ सन् २०११ कम्पनीका वरिष्ठ कार्यकारीहरु संलग्न ठूलो वित्तीय लफडामा परेको थियो । कम्पनीले अहिले क्यामरा पार्टको व्यवसाय मात्रको लागि सम्झौता गर्ने बाटो खोजिरहेको छ । जसका कारण जुइको लेन्सजस्ता आफ्नो ब्रान्डहरु अर्को कम्पनी जापान इन्डस्ट्रियल पार्टनरले नयाँ उत्पादनमा प्रयोग गर्न सकोस् ।
एउटा वक्तव्यमा कम्पनीले अहिलेसम्म एउटा व्यवसाय रहेको बताउँदै भनेको छ, ‘ब्रान्डको विरासत संरक्षण गर्नु राम्रो कदम हुनेमा हामी विश्वस्त छौँ ।’ यसका बाबजुद ओलम्पस कर्पोरेसन भने निरन्तर अगाडि बढ्ने बताइएको छ । कम्पनीले माइक्रोस्कोप बनाउन कहिल्यै छोडेन । बरु आफ्नो अप्टिकल प्रविधिलाई वैज्ञानिक र मेडिकल सामग्री इन्डेस्कोपतिर रुपान्तरण गरेको छ । यो निर्णयपछि कम्पनीले अब आफ्ना ग्राहकको प्रश्नहरुको सामना गर्नुपर्ने भएको छ । अनुदित ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया