Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित

भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित


नयाँ दिल्ली, असार १५
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा संक्रमितको संख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना संक्रमित भएका हुन् । योसँगै भारतमा कुल संक्रमितको संख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दुई लाख तीन हजार ५१ पुगेको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको संख्या १६ हजार ९५ पुगेको जनाइएको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना संक्रमित भएको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x