Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्वायत्त ड्राइभिङ टेक्नोलोजी विकास गर्दै बीएमडब्लू

स्वायत्त ड्राइभिङ टेक्नोलोजी विकास गर्दै बीएमडब्लू


जर्मनी । जर्मनीको कार निर्माता बीएमडब्लूले स्वायत्त ड्राइभिङ टेक्नोलोजी विकास गर्ने भएको छ । बीएमडब्लू समूहले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी सेनयाङमा रहेको अनुसन्धान र विकास केन्द्रमा यस वर्षको अन्त्यमा सुरु हुने नयाँ सुविधासहितको स्वायत्त ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिने जनाएको छ ।

सेनयाङ केन्द्रले यस वर्ष सेप्टेम्बर र डिसेम्बरमा एक स्वायत्त ड्राइभिङ डाटा प्रोसेसिङ सेन्टर र एक स्वायत्त ड्राइभिङ परीक्षण कार्यशाला खोल्ने योजना बनाएको बीएमडब्लू समूहले जनाएको छ ।

डाटा प्रोसेसिङ सेन्टरले स्वायत्त ड्राइभिङ टेस्ट डाटालाई कुशलतापूर्वक प्रशोधन गर्न मद्दत गर्नेछ । स्वायत्त ड्राइभिङ परीक्षण कार्यशालाले मुख्य रूपमा नयाँ स्थानीय मोडेलका लागि स्वायत्त ड्राइभिङ कार्यहरू प्रमाणीकरण गर्नेछ ।

चिनियाँ अनुसन्धान र विकास (आरएन्डडी) टोलीले स्वायत्त ड्राइभिङ टेक्नोलोजीको सम्भावना र सीमाहरू विस्तार गर्ने र उच्चस्तरको स्वायत्त ड्राइभिङ टेक्नोलोजीको प्राप्तिमा जोड दिने कार निर्माताले बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x