Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१० वर्षमा भारतको अर्थतन्त्र ९० प्रतिशत बढेको मोदीको दाबी

१० वर्षमा भारतको अर्थतन्त्र ९० प्रतिशत बढेको मोदीको दाबी


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा भारतको अर्थतन्त्र ९० प्रतिशत बढेको दाबी गरेका छन् । शनिबार नयाँ दिल्लमा ‘इटी वल्र्ड लिडर्स फोरम’लाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

विगत १० वर्षमा विश्व अर्थतन्त्र ३५ प्रतिशत मात्रै बढेको अवस्थामा भारतीय अर्थतन्त्र ९० प्रतिशतले वृद्धि भएकोे प्रधानमन्त्री मोदीले दाबी गरेका हुन् । जसलाई देशले हासिल गरेको दिगो विकास भएको उनले बताए । यस्तो वृद्धिलाई निरन्तर अगाडि बढाइने मोदीले बताए ।

भारतले गरेको उपलब्धि देखेर अहिले देशका जनता आत्मविश्वासले भरिएको र विश्व जगतले पनि चासोसहित हेरेको बताए । उनले भारत अहिले भौतिक पूर्वाधारको आधुनिकीकरणमा व्यस्त रहेको बताए । सामाजिक पूर्वाधार विस्तार र सुधारको काम गरिरहेको बताए । उनले विगत तीन महिनामा गरिब, किसान, युवा र महिलाका लागि एकपछि अर्को ठूलो निर्णय गरेको बताए । उनले गरिबका लागि तीन करोड नयाँ घरहरु निर्माण गर्ने योजना स्वीकृत गरेको बताए ।

प्रधानमन्त्री मोदीले एक दशकमा २५ करोड जनता गरिबीबाट बाहिर निस्किन सफल भएको पनि बताए । उनले गरिबप्रति सरकारको दृष्टिकोण परिवर्तन गरेको पनि बताए । दशकौँदेखि बैंक खाता नभएकाहरुले अहिले डिजिटल कारोबार गरिरहेको बताए । जसका लागि बैंकका ढोका बन्द थिए आज विनाग्यारेन्टी बैंकबाट ऋण लिन पाएको र उद्यमी बनिरहेको प्रधानमन्त्री मोदीले बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x