Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्यानडाका प्रधानमन्त्रीलाई स्टिल मजदुरले हप्काए

क्यानडाका प्रधानमन्त्रीलाई स्टिल मजदुरले हप्काए


क्यानडा । क्यानडामा स्टिल मजदुरसँग कुरा गर्न पुगेका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई मजदुरले हप्काएका छन् । प्रधानमन्त्री ट्रुडो शुक्रबार स्टिल कारखानामा पुगेर कर्मचारीसँग फोटो खिचिरहेका थिए । त्यसपछि एक कर्मचारीले देशको मुद्रास्फीति र चर्को करको विषय उठाएर उनको आलोचना गरे । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा ट्रुडोले चीनमा हामीले ल्याएका २५ प्रतिशत ट्यारिफले तपाईलाई सहयोग गर्नेछ भनेर मजदुरको काम सुरक्षित रहने बताइरहेका छन् । उनले भनेका छन, ‘तपाईँको काम सुरक्षित रहनेछ । म तपाईं र तपाईँको काममा लगानी गर्न जाँदैछु ।’

उनको त्यो कुरा सुनेर त्यहाँ उभिएकाक अर्का एक जना स्टिलवर्कर रिसाए र सोधे ‘अनि मैले तिरेको ४० प्रतिशत करको के हुन्छ ? र मसँग डाक्टर पनि छैन’ उनले भने । उनले आफुले दाँतको बीमा गरेको, बीमा प्रिमियम तिरिरहेको तर पाउनुपर्ने सेवा नपाएको गुनासो गरे ।

आफ्नो जागिर पूर्णकालिक भए पनि श्रीमती र छोराछोरीलाई पालनपोषण गर्न संघर्ष गरिरहेको ती कर्मचारीले बताए । मजदुरहरुले फेरि चुनाव उठ्ने हो भने ट्रुडोलाई प्रधानमन्त्री बनेको हेर्न नचाहेको बताए ।

जवाफमा ट्रुडोले भने, ‘यसैले चुनाव हुन्छ । सबैले भोट दिनुहुनेछ भन्ने आशा राखेको छु । हामी तपाईँ र तपाईँको काममा लगानी गर्नेछौँ । जवाफमा कर्मचारीले भने, ‘तपाईँले भनेको कुरा एक सेकेन्ड पनि पत्याउँदिनँ ।’

क्यानडा सरकारले चिनियाँ स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । भिडियोमा ट्रुडोले यही कुरा गरिरहेका थिए । क्यानडाले चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा शतप्रतिशत शुल्क लगाएको छ । क्यानडाको यो कदम अमेरिकाले कर लगाएपछि उठाएको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x