Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा जीडीपी वृद्धि सात प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

भारतमा जीडीपी वृद्धि सात प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण


नयाँदिल्ली । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ को लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि प्रक्षेपण छ दशमलव छ प्रतिशतबाट सात प्रतिशत पुर्याएको छ । विश्व बैंकका देशीय निर्देशक (भारत) अगस्टे तानो कोउमेले गत आर्थिक वर्ष २०२४ मा भारतीय अर्थतन्त्र आठ दशमलव दुई प्रतिशतको दरले वृद्धि भएको जुन सबैभन्दा छिटो भएको बताए ।

भारतको अर्थतन्त्र अझै राम्रो गतिमा बढिरहेको छ । यस्तो अवस्थामा विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिको अनुमान बढाएको छ ।

आरबीआईले आर्थिक वर्ष २०२५को लागि सात दशमलव दुई प्रतिशतमा भारतको जीडीपी वृद्धि अनुमान राखेको थियो । उही समयमा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आर्थिक वर्ष २०२४/२५को लागि भारतको जीडीपी वृद्धि अनुमान शून्य दशमलव २० प्रतिशितबाट सात प्रतिशतसम्म बढाएको थियो ।

जीडीपी अर्थतन्त्रको स्वास्थ्य ट्र्याक गर्न प्रयोग गरिने सबैभन्दा सामान्य सूचकहरूमध्ये एक हो । जीडीपीले एक निश्चित समयमा देशभित्र उत्पादन भएका सबै वस्तु र सेवाहरूको मूल्य देखाउँछ । यसमा देशको सीमाभित्र उत्पादन गर्ने विदेशी कम्पनी पनि परेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x