Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभेनेजुएलाका राष्ट्रपतिको निजी जेट अमेरिकाद्वारा जफत

भेनेजुएलाका राष्ट्रपतिको निजी जेट अमेरिकाद्वारा जफत


वासिङ्टन । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको लक्जरी जेट जफत गरेको छ । समाचार एजेन्सी एपीका अनुसार अमेरिकी अधिकारीहरूले यो जेट ठगीपूर्वक किनेको र तस्करीमार्फत अमेरिकाबाट बाहिर लगिएको आरोप लगाएका छन् ।

डोमिनिकन रिपब्लिकमा मादुरोको लक्जरी जेट ‘डास्सल्ट फल्कोन ९००इएक्स’ जफत गरिएको छ । यो क्यारिबियन सागरमा अवस्थित ल्याटिन अमेरिकी देश हो । सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले सोमबार विमानलाई अमेरिका लगेका थिए ।

यस जहाजको मूल्य १३ करोड डलर छ । अमेरिकी अधिकारीहरुले यो लक्जरी जेट मादुरोसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो पहिचान लुकाएर किनेका थिए । यसका लागि उनले क्यारेबियन सेल कम्पनी प्रयोग गरेको अमेरिकाको आरोप छ ।

उनीहरुले सन् २०२३मा अवैधरुपमा विमान लगेका थिए । अमेरिका र भेनेजुएला सरकारहरुबीच व्यापार लेनदेनमा प्रतिबन्ध छ । रिपोर्टका अनुसार मादुरोको जेट सान मारिनोमा दर्ता भएको थियो । भेनेजुएलाका प्रधानमन्त्रीले पनि यो विमान धेरै पटक विदेश भ्रमणमा जाँदा प्रयोग गरेका थिए ।

निजी जेट पहिले अमेरिकामा दर्ता गरिएको थियो र फ्लोरिडामा सिक्स जी एभिएसनको स्वामित्वमा थियो । यो एक दलाल हो जसले प्रयोग गरिएका विमानहरू किन्ने र बेच्ने गर्छ । रेकर्डका अनुसार विमान खरिद गर्न दिइएको ठेगाना सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स थियो । पछि यसलाई सान मारिनोमा दर्ता गरी भेनेजुएला पठाइयो । अमेरिकाले ठगी पत्ता लागेपछि जनवरी २०२३ मा उक्त विमानको दर्ता रद्द गरेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x