बेलायती प्रधानमन्त्री स्टारमर आयरल्यान्ड भ्रमणमा
आयरल्यान्ड । ब्रेक्जिटपछि युरोपेली संघ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री किर स्टारमरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गरेका छन् । यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्यान्ड भ्रमण हो ।
डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई ‘संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण’ भनेर वर्णन गरेको छ ।
आयरल्यान्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गरेका हुन् । ‘यो भ्रमणले बेलायत र आयरल्यान्डबीचको सहयोग र मित्रताको नयाँ युगलाई चिह्नित गर्दछ’, स्टारमरको कार्यालयले आयरल्यान्ड भ्रमण घोषणा गर्दै एक विज्ञप्तिमा भन्यो ।
युके–आयरल्यान्ड सम्बन्ध ‘कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु’, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भने ।
बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली संघबाट बाहिरिएको थियो ।
कन्जर्भेटिभ पूर्वप्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्तबीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया