Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजलवायु परिवर्तनबाट अस्ट्रेलियाका पर्यटकीय स्थलहरू खतरामा

जलवायु परिवर्तनबाट अस्ट्रेलियाका पर्यटकीय स्थलहरू खतरामा


सिडनी । अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनमा जनाइएको छ ।

जुरिच फाइनान्सियल सर्भिसेज अस्ट्रेलिया र अर्थशास्त्र परामर्श फर्म मन्डला पार्टनर्सद्वारा प्रकाशित अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकांकमा राष्ट्रिय निकुञ्ज, संग्राहलय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागीजस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ ।

जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ देखि ६८ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ । चरम विश्वव्यापी तापक्रम परिदृश्यअन्तर्गत औसत तापक्रम पूर्व–औद्योगिकस्तरभन्दा तीन डिग्री सेल्सियसले बढ्दा अस्ट्रेलियाका ८० प्रतिशत पर्यटकीय स्थलले जोखिममा वृद्धि अनुभव गर्ने सूचकांकले अनुमान गरेको छ ।

अस्ट्रेलियाका सबै ३१ व्यस्त विमानस्थलहरू तूफान र आँधीको सम्पर्कका कारण दुई उच्च जलवायु जोखिममा आउने र यसमा ९४ प्रतिशत सबैभन्दा चरम जोखिम श्रेणीमा पर्ने प्रतिवेदनले जनाएको छ  ।रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x