Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानलाई एडीबीको ऋण सहयोग

पाकिस्तानलाई एडीबीको ऋण सहयोग


मनिला । एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ ।

प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब नौ सय किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ ।

परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि र दिगो मर्मत अभ्यासहरू समावेश छन् ।

एडीबीका अनुसार पख्तुनख्वा प्रान्तका केही भागमा वर्षा र तापक्रम उल्लेखनीय रूपमा बढेको छ भने मौसमी प्रकोपको प्रभाव र पूर्वाधार अभावले मानिसको जीविकोपार्जनमा कठिनाइ बढाएको छ ।

सन् २०१० देखि बाढीका घटनाहरूले सडक सञ्जाललाई ठूलो क्षति पुर्याएको, कनेक्टिभिटीमा बाधा पुर्याउँदा यातायात लागत बढेको एडीबीले जनाएको छ । परियोजनाले प्रान्तको सडक सञ्जालको जलवायु र दिगोपन बढाउने दीर्घकालीन लक्ष्य तयार गर्न सरकारलाई सहयोग गर्न प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x