Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानमा गर्मी

जापानमा गर्मी


टोकियो । जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ । जापानको मौसम विज्ञान निकाय (जेएमए)ले देशभरका (१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३) डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ ।

नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा राष्ट्रव्यापी सबैभन्दा बढी तापक्रम ३७ दशमलव आठ डिग्री सेल्सियस रहेको तथ्याङ्कले देखाएको छ । मध्य टोकियोको चियोडामा ३४ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । जेएमएका अनुसार चियोडामा सन् १९४२ सेप्टेम्बर १२ मा ३५ डिग्री तापक्रम रेकर्ड गरेको थियो ।

जेएमएका अनुसार आइतबार मौसम परिवर्तन हुने अपेक्षा गरिएको छ । उत्तरबाट पूर्वी जापानको दक्षिणतर्फ सर्ने मौसमी चक्रले कान्टो–कोसिनजस्ता क्षेत्रमा वर्षा ल्याउनेछ । जापानको राजधानी टोकियोको तापक्रम त्यसपछि पनि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x