Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने

भारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने


मुम्बई । अडानी समूहले महाराष्ट्रलाई छ हजार छ सय मेगावाट नवीकरणीय ऊर्जा र थर्मल पावरको दीर्घकालीन आपूर्तिको लागि बोलकबोल जितेको छ । कम्पनीले यसका लागि प्रतियुनिट चार रुपैयाँ आठ पैसा भारतीय रुपैयाँ मूल्य कबोल गरेको छ । अडानी समूहले जेएसडब्ल्यू इनर्जी र टाँरेन्ट पावरलाई पछाडि पार्दै विद्युत् बिक्री गर्न जित प्राप्त गरेको हो ।

मिडिया रिपोर्टहरूका अनुसार, अडानी समूहको २५ वर्षको लागि नवीकरणीय र थर्मल ऊर्जा दुवैको आपूर्ति गर्नेछ । अडानी समूहले बोलेको मूल्य महाराष्ट्रले हाल विद्युत खरिद गरिरहेको दरको तुलनामा प्रतियुनिट एक रुपैयाँ कम हो । यसले राज्यलाई आफ्नो भविष्यको शक्ति आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताइएकोे छ ।

अडानी समूहले ४८ महिनभित्र बिजुली आपूर्ति दिने बताएको छ । बोलपत्रको सर्तअनुसार अडानी पावरले सम्पूर्ण आपूर्ति अवधिमा प्रतियुनिट दुई रुपैयाँ ७० पैसाका दरले सौर्य ऊर्जा आपूर्ति गर्नेछ । तरm कोइलाबाट उत्पादित बिजुलीको मूल्य कोइलाको मूल्यका आधारमा निर्धारण गरिने भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x