मोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा
नयाँदिल्ली । भारतले आफूलाई प्रतिस्पर्धी अर्थतन्त्रको रुपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको छ । ‘मोदी ३.०’ नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले करिब १५ लाख करोड (भारतीय रुपैयाँको परियोजनाहरू सुरु गरेको छ । यसमा विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षाका क्षेत्रमा भएका प्रमुख विकासहरू समावेश छन् ।
मुख्य पहलहरूमा अन्तरिक्ष स्टार्टअपका लागि एक हजार करोडको उद्यम पुँजी कोषको स्थापना, अगस्ट १६ मा एसएसएलभी–डी३ मा इओएस–०८ उपग्रहको सफल प्रक्षेपण, ५० हजार करोड रूपैयाँको विनियोजनमा राष्ट्रिय अनुसन्धान कोषको स्थापना र १० हजार पाँच सय करोडबाट ‘विज्ञान धार’ योजनाको सुरुआत समावेश छन् ।
यसबाहेक गुजरातको सानन्दमा तीन हजार तीन सय करोड रुपैयाँको लगानीमा अर्धचालक एकाइ (सेमीकन्डक्टर युनिट) स्थापना गरिनेछ । यसको उत्पादन क्षमता प्रतिदिन ६० लाख चिप्स हुनेछ ।
प्राविधिक प्रगतिहरूले स्वदेशी अर्धचालक सुविधाहरूको स्थापनासँगै देशलाई दोस्रो ठूलो मोबाइल उत्पादक बनाएको छ । साथै विपद् व्यवस्थापनका लागि राष्ट्रिय डाटाबेस र ग्रामीण भूमि अभिलेखका लागि भुवन पञ्चायत पोर्टल सिर्जना गरिएको छ ।
ऊर्जा र सुरक्षाको क्षेत्रमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले उत्तरपूर्वी क्षेत्रमा जलविद्युत् परियोजनाहरूलाई स्वीकृति दिएको छ । जनताका लागि एक सय दिनको लागि सात हजार चार सय ५० करोड रुपैयाँको वायु उर्जा परियोजनाहरुको लागि स्वीकृति पनि दिनेभएको छ ।
राष्ट्रिय हरित हाइड्रोजन मिसनमा, दोस्रो किस्ता इलेक्ट्रोलाइजर उत्पादनको लागि उपलब्ध गराएको छ । जसले घरेलु इलेक्ट्रोलाइजर उत्पादन क्षमता प्रतिवर्ष साढे एक गिगावाट पुर्याउने विश्वास गरिएको छ ।
मोदी–सरकारले वृक्षरोपण र वातावरणीय पुनस्र्थापनाका लािग हरित ऋण कार्यक्रम पनि ल्याएको छ । मोदीले जुन ९ मा राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । भारतीय जनता पार्टी र यसका सहयोगीहरुका ७१ सांसदहरु पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारमा सामेल भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया