Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास

अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास


वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि एक पटक घातक हमला गर्ने प्रयास भएको छ । सीएनएनका अनुसार ट्रम्प फ्लोरिडाको पाम बिच काउन्टीमा रहेको अन्तर्राष्ट्रिय गल्फ क्लबमा खेलिरहेका थिए । त्यसपछि आफ्नो सुरक्षामा संलग्न गोप्य सेवा एजेन्टले झाडीमा लुकेको एक संदिग्ध देखे र त्यो व्यक्तिसँग एके–४७ जस्तो राइफल गो प्रो क्यामेरा थियो । बन्दुक गल्फ कोर्सतर्फ लक्षित थियो ।

ट्रम्प र आक्रमणकारीबीच करिब तीन सयदेखि पाँच सय मिटरको दूरी थियो । सेवा संदिग्धले एजेन्टलाई देख्नेबित्तिकै गोली चलाएको थियो, त्यसपछि संदिग्ध व्यक्ति आफ्नो कालो एसयूभीमा भागेका थिए । यस क्रममा त्यहाँ उपस्थित एक प्रत्यक्षदर्शीले संदिग्धको कारको फोटो खिचे । यसमा फेला परेको नम्बर प्लेटका आधारमा गोप्य सेवाले गाडीलाई पछ्याई गल्फ कोर्सबाट ६० किलोमिटर टाढा राजमार्गमा शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।

यसै वर्ष जुलाई १३ मा अमेरिकी राज्य पेन्सिलभेनियाको बटलर सहरमा चुनावी ¥यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो, जसमा उनको कानबाट गोली लागेको थियो ।

एफबीआईलाई यस घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ । एफबीआईले यसलाई ट्रम्पको हत्याको प्रयास भनेको छ । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ । संदिग्धको पहिचान ५८ वर्षीय रायन रोथको रूपमा गरिएको छ । गुप्तचर सेवाले ट्रम्प सुरक्षित रहेको जानकारी दिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x