विश्वको सबैभन्दा पुरानो रविवारीय समाचार पत्र द अब्जर्भर बिक्रीमा
लण्डन । विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार ‘द अब्जर्भर’ एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मंगलबार घोषणा गरेको छ ।
द गार्जियन मिडिया ग्रुप (जीएमजी)ले सन् २०१९ मा लन्च गरिएको टोर्टोइज मिडियालाई अज्ञात राशिमा साप्ताहिक प्रकाशन द अब्जर्भर बिक्री गर्न कुरकानी गरिरहेको विज्ञप्तिमा बताएको छ ।
मंगलबार विज्ञप्तिमा भनिएको छ, ‘द गार्जियनको मूल कम्पनीले विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भरको सम्भावित बिक्रीबारे टोर्टोइज मिडियासँग औपचारिक वार्तामा रहेको घोषणा गरेको छ ।’
जिएमजीले उक्त प्रस्ताव ‘थप विवरणमा हेर्नका लागि अत्यन्त महत्वपूर्ण थियो’ भनेको छ । जिएमजीका प्रमुख कार्यकारी अन्ना बेटसनले भने, ‘बिक्रीले महत्वपूर्ण लगानीका साथ द अब्जर्भरको भविष्यको स्थिति निर्माण गर्न अवसर दिनेछ र द गार्जियनलाई थप विश्वव्यापी, अधिक डिजिटल र थप पाठक–अनुदान प्राप्त गर्न आफ्नो विकास रणनीतिमा ध्यान केन्द्रित गर्न अनुमति दिनेछ ।’
सन् १७९१ मा स्थापना भएको द अब्जर्भरलाई सन् १९९३ मा जिएमजीले खरिद गरेको थियो । मूल समूहले मंगलबार भनेको छ, ‘त्यसबेलादेखि यो गार्जियनको सहअस्तित्वमा छ, जुन वार्ताको नतिजा पर्वाह नगरी हप्ताको सात दिन डिजिटल अपरेसन रहनेछ ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया