Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने


भियना । चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ । यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सीएईए)का उपाध्यक्ष लिउ जिङले जानकारी दिए ।

चाइना नेसनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले एक कार्यक्रममा कम्पनीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने लक्ष्य राखेको बताए । उनले चीनको आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आइएइएका उपमहानिर्देशक मिखाइल चुडाकोभले आणविक ऊर्जा विकासमा चीनको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे । चीनको आणविक अनुसन्धान र विकास केन्द्रहरू थप खोल्ने निर्णयको स्वागत गर्दै चुडाकोभले यस कदमले सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने एजेन्सीको प्राविधिक क्षमतालाई अझ बलियो बनाउने बताए ।

संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चीनका स्थायी प्रतिनिधि ली सोङले भियनामा आयोजित स्वागत समारोहमा चीन र आईएईएले विगत ४० वर्षदेखि आणविक ऊर्जाको विकासलाई संयुक्तरूपमा प्रवर्द्धन गर्दै व्यावहारिक सहयोग विस्तार गरेको बताए ।

चीनले अन्तर्राष्ट्रिय सुरक्षामा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न, विश्वव्यापी अप्रसार प्रणालीको रक्षा गर्न र ग्लोबल साउटको फाइदाका लागि आणविक ऊर्जा र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यलाई निरन्तरता दिने उनले बताए । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x