Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’

‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’


लेबनान । हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गरेका छन् ।

इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ ।

लेबनानलाई आतद्रित बनाउने मंगलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिए । आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उनले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’को सामना गर्नुपर्ने चेतावनी दिए ।

‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उनले आक्रमणलाई ‘नरसंहार’ भने । उनले इजरायलले ‘दुई मिनेटमा कम्तीमा पाँच हजार मानिसलाई मार्न चाहेको’ आरोप लगाए ।

उनले गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने प्रतिज्ञा गरे । ‘यति धेरै रगत बगे पनि गाजामा आक्रमण बन्द नभएसम्म लेबनानको मोर्चा रोकिँदैन’, उनले भने ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x