Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो


कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन् ।

‘हिजो राति स्थानीय समयानुसार करिब पौने दुई बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्कियो र पानीमा डुब्न थाल्यो’, ग्रीनल्यान्डिक प्रहरीले विज्ञप्तिमा भनेको छ । जहाज बिहान सात बजे डुबेको थियो । तीस मिटर लामो जहाजको ट्यांकमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको अधिकारीहरूले विश्वास गरेका छन् । जहाजको नाम र प्रकार खुलाइएको छैन ।

अधिकारीहरूले यो चरणमा कुनै प्रदूषणको स्तर निर्धारण गर्न असम्भव रहेको बताए पनि इन्धन फैलावटलाई नियन्त्रणमा राख्नका लागि पम्प प्रयोग गरिरहेका छन् र साइटको चारैतिर ५० मिटरको परिधिमा तैरिने बुम राखेका छन् । जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ । यद्यपि तिनीहरूको संख्या वा राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x