Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै


कोलम्बो । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुनलागेको छ । राष्ट्रपति रनिल विक्रमासिंघेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दाबी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका हुन् ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालीन निर्वाचित राष्ट्रपतिविरूद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए भने विक्रमासिङ्घेले सङ्कटका समय देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनुपहिलेको अवस्थामा पु¥याएका छन् ।

निर्वाचनमा आफूलाई मतदान गर्न आह्वान गर्दै प्रचारको अन्तिम समयमा विक्रमासिङ्घेले भन्नुभयो, ‘सबै आशा हराएको पहिलेको समयलाई सोच्नुहोस् र कसलाई मतदान गर्ने फैसला गर्नुहोस् । हामीले सत्ता सम्हाल्दा खाना, ग्यास, औषधि पाउनसक्ने कुनै आशा थिएन ।’ उनले भने, ‘अब तपाईँसँग विकल्प छ । तपाईँ आतङ्कको अवधिमा फर्कन चाहनुहुन्छ कि प्रगति गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुहोस् ।’

विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आईएमएफको बेलआउटको सर्तहरू पूरा गर्दा नागरिकहरू उनीसँग खुशी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । उनी सङ्कटका समय नेतृत्व गरेको र देशलाई थप वर्वादीति जानबाट रोक्न सकेकोमा आफू बिजयी हुनेमा आशावादी छन् ।

विज्ञहरूका अनुसार श्रीलङ्काको अर्थतन्त्र अझै पनि कमजोर छ । यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिबद्धता अनुसार फेरि आएको छ । विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताएका छन् ।

‘निर्वाचन धेरै हदसम्म विक्रमासिङ्घेको सरकारले कसरी आर्थिक सङ्कट र आगामी सुधारलाई ह्यान्डल गरेको छ भन्नेमा जनमत सङ्ग्रह हुनेछ’, अन्तर्राष्ट्रिय सङ्कट समूहले यस हप्ताको एक रिपोर्टमा भनिएकोे छ । रासस/एएफपी

मतदानको पूर्वसन्ध्यामा ऋण सम्झौता सुरक्षित
शनिबार हुने मतदानको पूर्वसन्ध्यामा श्रीलंका बिहीबार अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग दीर्घकालीन ऋण पुनःसंरचनासम्बन्धी सम्झौतामा पुगेको छ । मुलुकको खराब वित्तीय स्थिति सुधार गर्न उक्त सम्झौतामा पुग्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को प्रमुख माग थियो ।

यो घोषणा २०२२ को अभूतपूर्व आर्थिक संकटपछि मुलुकले पहिलो राष्ट्रपति चुनाव गर्ने दुई दिनअघि आएको छ । आर्थिक संकटले महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव र व्यापक सामाजिक अशान्ति ल्याएको थियो ।

श्रीलंकाको आधाभन्दा धेरै अन्तर्राष्ट्रिय सार्वभौम ऋण र विदेशी निजी ऋण सम्हाल्ने ऋणदाताहरू आफ्नो ऋणमा २७ प्रतिशत कटौती गर्न सहमत भएको सरकारी विज्ञप्तिमा बताइएको छ ।

‘व्यापक पुनर्गठनको सर्तमा सैद्धान्तिक रूपमा सम्झौतामा पुगेको बताउन पाउँदा श्रीलंका खुशी छ’, विज्ञप्तिमा भनिएको छ । शनिबार हुने राष्ट्रपति निर्वाचनको प्रचारमा आईएमएफ कार्यक्रमअन्तर्गत मुलुकको मितव्ययिता उपाय केन्द्रीय मुद्दा बनेको छ । अन्तर्राष्ट्रिय सार्वभौम ऋण मुलुकको विदेशी ऋणको १२ अर्ब ५० करोड डलरभन्दा केही बढीको हिस्सा हो । यो २०२२ मा श्रीलंकाको पहिलो सरकारको डिफल्टको समयमा ४६ अर्ब डलर थियो ।

शनिबारको मतदानमा विक्रमसिङ्घेलाई चुनौती दिने दुई प्रमुख प्रतिद्वन्द्वीले पनि निर्वाचित भएमा कुनै पनि ऋण सम्झौतासँग पुनःवार्ता गर्ने प्रतिज्ञा गरेका छन् ।दुई वर्ष पहिलेको सफ्टले ल्याएको स्थायी आर्थिक कठिनाइ र सडकमा विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेलाई अपदस्थ गरेको थियो र उनी अस्थायी निर्वासनमा जान बाध्य भएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x