Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्

दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्


नयाँदिल्ली । दिल्लीका नयाँ मुख्यमन्त्री आतिशी मरलानले सोमबार (सेप्टेम्बर २३) पदभार ग्रहण गरेकी छिन् । उनी बिहान १२ बजे मुख्यमन्त्रीको कार्यालय पुगेर औपचारिकता पूरा गरिन् । यसै क्रममा आतिशीले मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्रीको कुर्सी छोडेर अर्को कुर्सीमा बसिन् ।

आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफुले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मख्यमन्त्री चलाउने बताएकी छिन् । आतिशीले भनिन ‘जसरी राम वनवासमा गएपछि भरतले अयोध्याको सिंहासन सम्हालेका थिए, त्यसैगरी म दिल्लीको मुख्यमन्त्रीको कुर्सी पनि सम्हाल्नेछु । चार महिनापछि दिल्लीका जनताले केजरीवाललाई फेरि त्यही कुर्सीमा बसाउनेछन् । तबसम्म यो कुर्सी यही कोठामा रहिरहनेछ र केजरीवाललाई पर्खनेछ ।’

आतिशीको बयानमा दिल्ली बीजेपी अध्यक्ष वीरेन्द्र सचदेवाले आतिशीले दिल्लीको मुख्यमन्त्री पदको गरिमा र दिल्लीका जनताको भावनामा चोट पुर्याएको बताए । उनले आतिशीको यो कार्य आदर्श नभएर चापलूसी भएको बताए । उनले केजरीवालको रिमोट कन्ट्रोलबाट सरकार चल्ने बताए । दिल्ली रक्सी नीति मुद्दामा १३ सेप्टेम्बरमा जमानतमा छुटेपछि केजरीवालले सेप्टेम्बर १७ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x