Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

भारतमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु


नयाँदिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकोप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समयअनुसार बिहान छ बजेर ४५ मिनेटमा दुर्घटना हुदाँ हेलिकोप्टरमा आगो लागेको थियो ।

दुर्घटनामा हेलिकोप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरूलाई बताएका छन् । उनले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको बताए ।

दुर्घटनामा मृत्यु वरण गरेका तीनै जनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको उनले बताए । हेलिकोप्टर विपक्षी राष्ट्रवादी कांग्रेस पार्टीले भाडामा लिएको र मुम्बइतर्फ गइरहेको स्रोतले जनाएको छ ।

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्यपि स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेको बताएका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x