ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
वासिंगटन । ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ ।
यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो विज्ञप्तिमा बताएको छ । नयाँ अपडेटले प्रयोगकर्ताले अब पृष्ठभूमि परिवर्तन गर्न वा थप व्यक्तिगत स्पर्शका लागि भिडियो कलको समयमा फिल्टर थप्न सक्छ ।
अपडेटले ‘टच अप’ र ‘लो लाइट’ विकल्पहरू पनि प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको वातावरणको दृश्यलाई रोमाञ्चित बनाएर थप आत्मविश्वास र सहज महसुस गर्न मद्दत गर्न सक्छ । यी नयाँ सुविधाहरू १ः१ वा समूह भिडियो कलको समयमा प्रयोग गर्न सकिन्छ । यी प्रभावहरू आगामी साताहरूमा सबैका लागि उपलब्ध हुने ह्वाट्सएपले पुष्टि गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया