Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु

अवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु


मेक्सिको । मेक्सिकोको सेनाले अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । मेक्सिकोको रक्षा विभागले जारी गरेको विज्ञप्तिमा ग्वाटेमालाको सीमा नजिकैबाट अमेरिका छिर्न खोज्ने आप्रवासी चढेको बसमा गोली चलाएको उल्लेख गरेको छ ।

इजिप्ट, नेपाल, क्युबा, भारत, पाकिस्तान र कम्तीमा एक अन्य देशका आप्रवासीहरू रहेको ट्रकमा दुई सैनिकले गोली हानेका थिए । चार जना आप्रवासीहरूको घटनास्थलमै मृत्यु भएको थियो भने १२ जना घाइतेमध्ये दुई जनाको पछि मृत्यु भएको बताइएको छ । गाडीमा सवार ३३ जनामध्ये अन्य १७ जना आप्रवासी सकुशल रहेका छन् ।

रक्षा विभागले गोलीबारी गर्ने दुई सैनिकहरूमाथि अनुसन्धान गर्न जिम्मेवारी मुक्ता गरिएको बताएको छ । यो घटना पहिलो भने होइन यसअघि पनि मेक्सिकोका सेनाहरूले सीमा क्षेत्रमा आप्रवासीहरू बोकेका गाडीमा गोली हानेको छ । सन् २०२१मा, नेसनल गार्डले आप्रवासीहरू बोकेको पिकअप ट्रकमा गोली हानेको थियो जसमा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

बुधबार सैनिकहरूले चेकपोस्टमा गाडी रोक्न खोज्दा चालकले जबर्जस्ती गाडी कुदाएपछि सेनाले गोली चलाएको बताएको छ । गाडीमा रहेका अन्य १७ जनालाई पक्राउ गरेर अध्यागमनको जिम्मा लगाइएको बताइएको छ । मेक्सिको हुँदै अमेरिका छिर्न खोज्न आप्रवासीलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x