Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो

भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो


नयाँदिल्ली । भारतमा पछिल्लो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्री २५ प्रतिशतले बढेको छ । अहिले भारतमा कुल विद्युतीय गाडी (ईभी)को दर्ता आठ लाख ३७ हजार पुगेको छ । गत वर्ष सात लाख दुई हजार ईभी रजिस्टर्ड भएका थिए ।

अप्रिलदेखि सेप्टेम्बरसम्म एक लाख ४९ हजार ईभी दर्ता भएका छन् । भेहिकल पोर्टलका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय यात्रुवाहक सवारी साधनको बिक्री ४३ हजार एक सय २० युनिट रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४२

हजार पाँच सय ५० युनिट बिक्री भएको थियो । पहिलो त्रैमासिकमा बिक्री आठ दशमलव छ प्रतिशतले बढेर २२ हजार सात सय ४९ इकाइमा पुगेको छ । दोस्रो त्रैमासमा बिक्री छ प्रतिशत घटेर २० हजार एक सय ४१ इकाइ बिक्री भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x