भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
थिम्पु । ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।
आठ लाखभन्दा कम जनसंख्या भएको सानो र भू–परिवेष्ठित मुलुक भुटान चीन र भारतको बीचमा छ र विकासभन्दा ‘कुल राष्ट्रिय खुसी’ लाई प्राथमिकता दिने नीतिका लागि परिचित छ । यद्यपि उक्त नीतिले सरकारलाई व्यापक बेरोजगारीको समस्या समाधान गर्न सहयोग प्रदान गरेको छैन र यसले हजारौँ युवालाई मुलुक छाड्न प्रेरित गरेको छ ।
विद्युत् परियोजना यो प्रवृत्तिलाई उल्ट्याउने व्यापक प्रयासको एउटा हिस्सा हो । यसमा आर्थिक वृद्धि गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास समावेश छ । योमध्ये धेरै चर्चित विशेष आर्थिक क्षेत्र ‘गेलेफु माइन्डफुल सिटी’ पनि समावेश छ ।
‘भुटान ऊर्जा स्रोतमा धनी छ र भारतको मागले यो साझेदारीलाई अझ महत्वपूर्ण बनाउँछ’, भुटानको सरकारी स्वामित्वको ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट (डीएचआई) का प्रमुख कार्यकारी उज्ज्वलदीप दाहालले बुधबार राति एक वक्तव्यमा भने ।
यो परियोजनाले भारतीय अर्बपति अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स समूहलाई डीएचआईसँग मिलेर भुटानमा सात सय ७० मेगावाट जलविद्युत् र पाँच सय मेगावाट सौर्य परियोजनाहरू निर्माण गर्न प्रतिबद्ध गरेको छ ।
साकार भएमा यी परियोजनाहरू भुटानको हालको दुई हजार चार सय ४४ मेगावाट जडित क्षमताको आधाभन्दा केही बढी हुनेछ । भुटानको हालको दुई हजार चार सय ४४ मेगावाटको ९९ प्रतिशतभन्दा बढी जलविद्युत् हो ।
सम्झौतामा लगानीको लागत तथा चम्खार्चु–१ नामक जलविद्युत् परियोजना कहिले सम्पन्न हुनेछ भन्ने कुरा खुलाइएको छैन । सम्झौताले आगामी दुई वर्षभित्र सौर्य प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
संयुक्त विद्युत् उत्पादनको केही भाग भुटानको मुख्य कूटनीतिक र व्यापारिक साझेदार भारतमा निर्यात गरिनेछ । ‘हामी हरियाली भविष्यमा योगदान पु¥याउँदै भुटानमा सबैभन्दा ठूलो भारतीय खेलाडी बन्ने आशा गर्छौं’, अनिल अम्बानीले वक्तव्यमा भने, ‘यो साझेदारीमा म भुटानलाई भारतका एक अर्ब ४० करोड जनतामा आफ्नो खुसी निर्यात गर्न पनि आह्वान गर्दछु ।’
परियोजनाको निर्माण कहिले सुरु हुनेछ र यसको कुल अनुमानित बजेट कति हुनेछ भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
- इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
- अवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु
- लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’
- केएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया