Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति

मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति


अमेरिका । मेटाका सीईओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । जुकरबर्ग जेफ बेजोस र बर्नार्ड अर्नाल्टलाई पछि पार्दै दोस्रो धनी व्यक्ति बनेका हुन् । ब्लूम्बर्ग बिलियनेर्स इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति अहिले दुई सय ११ अर्ब डलर पुगेको छ ।

एलोन मस्क दुई सय ६३ अर्ब डलरको सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेजनका सीईओ जेफ बेजोस दुई सय नौ अर्ब डलर सम्पत्तिसहित तेस्रो स्थानमा छन् भने एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्ट एक सय ९३ बिलियन डलर सम्पत्तिसहित चौथो स्थानमा छन् ।

सन् २०२४मा जुकरबर्गको सम्पत्ति ७८ दशमलव एक अर्ब डलर बढेको छ । यससँगै जुकरबर्ग पनि दुई सय अर्ब डलर नेटवर्थ क्लबमा सामेल भएका छन् । मस्क र बेजोस यसअघि नै दुई सय अर्ब डलरभन्दा बढी नेटवर्थ हुने क्लबमा थिए । सम्पत्तिमा गिरावट आएपछि बर्नार्ड अर्नाल्ट यस क्लबबाट बाहिरिएका छन् ।

सन् २००४को फेसबुक स्थापना गर्ने जुकरबर्गको सम्पत्तिको ठूलो हिस्सा मेटा प्लेटफर्मको सफलताको परिणाम हो । यो वर्ष मेटाको सेयर ७२ प्रतिशतले बढेको छ । मेटासँग फेसबुक, इन्स्टाग्राम, थ्रेड र मेसेजिङ एप ह्वाट्सएपजस्ता प्रमुख सोसल मिडिया प्लेटफर्महरु छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x